गतिविधि विवरणActivity Details

Shubha Cooperative’s Sixth Decision-Endorsed Annual General Assembly Successfully Concluded
साधारण सभा तथा स्थापना दिवश Annual General Meeting and Foundation Day

वाशुभ सहकारीको निर्णय प्रमाणित छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न Shubha Cooperative’s Sixth Decision-Endorsed Annual General Assembly Successfully Concluded

२०८३ कात्तिक १७Nov 03, 2026 समाप्ति: २०८३ कात्तिक १७Ends: Nov 03, 2026 manju

q3.jpgq1.jpg

शुभ सहकारीको निर्णय प्रमाणित छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न !!

मिति २०८३ साल कार्तिक १७ गतेका दिन शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणित छैठौँ वार्षिक साधारणसभा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री किशोर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निमित्त वर्तमान सचिव तथा संस्थाका सदस्य श्री मेघराज शर्माले गर्नुभएको थियो। कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख तथा संस्थाका शेयर सदस्य श्री हस्त पुन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री हस्त पुनले सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वका कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। विशेषगरी लागूऔषध दुर्व्यसन तथा बालविवाह न्यूनीकरणका लागि सहकारीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा विशेष अतिथि निर्वाचन समितिका संयोजक श्री सुरेन्द्र विक्रम भण्डारी, सदस्यहरू श्री घनश्याम खत्री तथा श्री दिपेश शर्मा, निमित्त वर्तमान कोषाध्यक्ष श्री कृष्ण प्रकाश आर.सी., सञ्चालक पदका उम्मेदवारहरू तथा निर्णय प्रमाणित गर्ने विभिन्न सदस्यहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा छनोट हुनुभएकी निमित्त सेवा केन्द्र प्रमुख श्रीमती इन्द्रकला वि.क.लाई प्रमुख अतिथि श्री हस्त पुनद्वारा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी, निमित्त वर्तमान सचिव श्री मेघराज शर्मा, कोषाध्यक्ष श्री कृष्ण प्रकाश आर.सी. तथा सदस्यहरू श्री वीर प्रसाद भट्टराई, श्रीमती हरिमाया घर्ती र श्रीमती माया गाहालाई संस्थाप्रतिको योगदानको उच्च कदर गर्दै मायाको चिनो तथा दोसल्लासहित सम्मान गरिएको थियो।

यसैगरी, निर्वाचन समितिका संयोजक तथा सदस्यहरूलाई संस्थाका अध्यक्ष श्री किशोर शर्माद्वारा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

निर्वाचन कार्यक्रमअनुसार निर्वाचन समितिका संयोजकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहनुभएको छः

  • सचिव: श्री सम्मर बहादुर रेग्मी

  • कोषाध्यक्ष: श्रीमती श्रृजना थापा

  • सदस्यहरू: श्रीमती इन्द्र कुमारी भण्डारी, श्री रामकृष्ण श्रेष्ठ, श्रीमती मुना गरंजा मगर तथा श्री दल बहादुर वली।


कार्यक्रमलाई भव्य एवं सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेयर सदस्यहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ।

सहकार्य, समृद्धि र सामाजिक उत्तरदायित्वको यात्रामा शुभ सहकारी सधैँ अग्रसर!

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड


q5.jpgq4.jpg

Shubha Cooperative’s Sixth Decision-Endorsed Annual General Assembly Successfully Concluded!

On 17th Kartik 2083, Shubha Savings and Credit Cooperative Society Ltd. successfully concluded its Sixth Decision-Endorsed Annual General Assembly in a grand and dignified manner.

The program was chaired by the Cooperative’s Chairman, Mr. Kishor Sharma, and hosted by Acting Secretary and Cooperative Member Mr. Meghraj Sharma. The Mayor of Gurbhakot Municipality and shareholder of the Cooperative, Mr. Hasta Pun, attended the event as the Chief Guest.

During the program, Chief Guest Mr. Pun emphasized that the Cooperative should not limit its activities to financial transactions alone but should also actively engage in social initiatives, particularly in raising awareness and working towards reducing drug abuse and child marriage.

The event was attended by Special Guest and Election Committee Coordinator Mr. Surendra Bikram Bhandari, committee members Mr. Ghanshyam Khatri and Mr. Dipesh Sharma, Acting Treasurer Mr. Krishna Prakash R.C., candidates for the Board of Directors, and various members participating in the decision endorsement process.

On the occasion, Ms. Indrakala B.K., Acting Service Center Head, was recognized as the Outstanding Employee and was honored with an award by Chief Guest Mr. Hasta Pun.

Similarly, Acting Secretary Mr. Meghraj Sharma, Acting Treasurer Mr. Krishna Prakash R.C., and members Mr. Bir Prasad Bhattarai, Ms. Harimaya Gharti, and Ms. Maya Gaha were honored with tokens of appreciation and traditional shawls in recognition of their valuable contributions.

Likewise, the Election Committee Coordinator and its members were presented with certificates of appreciation by the Cooperative’s Chairman, Mr. Kishor Sharma.

As part of the election process, the Election Committee Coordinator administered the oath of office and confidentiality to the newly elected representatives and presented them with certificates. The newly elected representatives are:

  • Secretary: Mr. Sammar Bahadur Regmi

  • Treasurer: Ms. Srijana Thapa

  • Members: Ms. Indra Kumari Bhandari, Mr. Ram Krishna Shrestha, Ms. Muna Garanja Magar, and Mr. Dal Bahadur Wali.


We extend our heartfelt gratitude to all distinguished guests, members, and everyone who contributed their valuable support and cooperation in making this program a grand success.

Together, Strengthening Financial Growth and Social Responsibility!

Shubha Savings and Credit Cooperative Society Ltd.


साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices