गतिविधि विवरणActivity Details

Annual General Meeting Held Successfully
साधारण सभा तथा स्थापना दिवश Annual General Meeting and Foundation Day

वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न Annual General Meeting Held Successfully

२०८३ कात्तिक १४Oct 31, 2026 समाप्ति: २०८३ कात्तिक १४Ends: Oct 31, 2026 manju

s4.jpgs6.jpg

इकाइ नं. १ को छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न! 

मिति २०८३ साल कार्तिक १४ गते शनिबारका दिन मेहेलकुनास्थित सिटी हलमा इकाइ नं. १ को छैठौँ वार्षिक साधारणसभा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

संस्थाका सदस्य श्री सम्मर बहादुर रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निवर्तमान कोषाध्यक्ष श्री कृष्णप्रकाश आर.सी.ले गर्नुभएको थियो। कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्री गोविन्द वली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, कार्यक्रममा संस्थाका अतिथि अध्यक्ष श्री किशोर शर्मा, उपाध्यक्ष श्री मनिराम शर्मा, लेखा सुपरिवेक्षण समितिका सदस्य श्री भोजेन्द्र शर्मा तथा सञ्चालक पदका उम्मेदवारहरू श्रीमती सृजना थापा, श्री रामकृष्ण श्रेष्ठ, श्रीमती मुना गरञ्जा, श्रीमती इन्द्रकुमारी भण्डारी, श्री दल बहादुर वली र श्री हेमन्त डी.सी. लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा संस्थाप्रति निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका शेयर लगानीकर्ता, मासिक बचतकर्ता, नियमित ऋण कारोबारकर्ता, दैनिक बचतकर्ता, बाल बचतकर्ता, मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता तथा बाल बचतबाट शेयर सदस्य बन्नुभएका सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

साधारणसभामा प्रस्तुत विभिन्न कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट आवश्यक निर्णयहरू पारित गरिएको थियो।

यस कार्यक्रमलाई भव्य एवं सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेयर सदस्यहरू, बचतकर्ताहरू, कर्मचारीहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

सहकार्य, विश्वास र समृद्धिसँगै आधुनिक प्रविधिको यात्रामा हाम्रो निरन्तर प्रतिबद्धता!

🙏 हार्दिक धन्यवाद तथा आभार!


s5.jpgs2.jpg

Sixth Annual General Assembly of Unit No. 1 Successfully Concluded

The Sixth Annual General Assembly of Unit No. 1 of Shubha Savings and Credit Cooperative Society Ltd. was successfully held on Saturday, Kartik 14, 2083, at City Hall, Mehelkuna. The programme was chaired by Mr. Sammar Bahadur Regmi, a member of the cooperative, and conducted by Mr. Krishna Prakash R.C., former Treasurer of the cooperative. The event was graced by Mr. Govinda Wali, Ward Chairperson of Ward No. 6, Gurbhakot Municipality, as the Chief Guest. The programme was also attended by Mr. Kishor Sharma, Chairperson of the cooperative; Mr. Maniram Sharma, Vice-Chairperson; Mr. Bhojendra Sharma, Member of the Audit Supervision Committee; and candidates for the Board of Directors, including Ms. Srijana Thapa, Mr. Ram Krishna Shrestha, Ms. Muna Garanja, Ms. Indrakumari Bhandari, Mr. Dal Bahadur Wali, and Mr. Hemant D.C., among other distinguished guests. During the programme, members who have made continuous contributions to the cooperative were recognized and honoured for their commitment and participation. Awards were presented to share investors, monthly savers, regular loan service users, daily savers, child savers, mobile banking service users, and members who progressed from child savings accounts to share membership. Various agendas presented during the General Assembly were discussed in detail, and necessary resolutions were unanimously approved by the participating members. Shubha Savings and Credit Cooperative Society Ltd. extends its sincere gratitude to all distinguished guests, shareholders, savers, employees, well-wishers, and everyone who contributed directly or indirectly to making the programme a grand success.

Committed to strengthening cooperation, building trust, promoting prosperity, and embracing technological advancement for a better future.


साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices