

इकाइ नं. ३ को छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न
शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाइ नं. ३ को छैठौँ वार्षिक साधारणसभा मिति २०८३ साल कार्तिक १५ गते आइतबारका दिन दहचौर सेवा केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ।
दहचौर सेवा केन्द्र सञ्चालन उपसमितिका सदस्य श्री पूर्ण बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहकारीका निवर्तमान कोषाध्यक्ष श्री कृष्णप्रकाश आर.सी.ले गर्नुभएको थियो। कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं. १२ का वडाध्यक्ष श्री तुल्सी प्रसाद शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक श्री देवेन्द्र शाह विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। सहकारीका अध्यक्ष श्री किशोर शर्मा, उपाध्यक्ष श्री मनिराम शर्मा, लेखा सुपरिवेक्षण समितिका सदस्य श्री भोजेन्द्र शर्मा, निवर्तमान सचिव श्री मेघराज शर्मा तथा सञ्चालक पदका उम्मेदवारहरू श्री सम्मर बहादुर रेग्मी, श्री रामकृष्ण श्रेष्ठ र श्रीमती मुना गरञ्जा लगायतको गरिमामय उपस्थिति रहेको थियो।
साथै, एकीकरणपूर्वको साबिक जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष श्री लिलाधर गिरी तथा श्रीमती भीमा चन्द लगायतको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा दहचौर सेवा केन्द्र स्थापनाका लागि जग्गादान गर्नुहुने श्रीमती पार्वती गुरुङलाई उहाँको अमूल्य योगदानको उच्च कदर गर्दै विशेष सम्मान गरिएको थियो। त्यसैगरी, सहकारीप्रति निरन्तर योगदान पुर्याउँदै आउनुभएका शेयर लगानीकर्ता, मासिक बचतकर्ता, नियमित ऋण कारोबारकर्ता, दैनिक बचतकर्ता, बाल बचतकर्ता तथा बाल बचतबाट शेयर सदस्य बन्नुभएका सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
साधारणसभामा प्रस्तुत विभिन्न कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट आवश्यक निर्णयहरू पारित गरिएको थियो।
कार्यक्रमलाई भव्य एवं सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेयर सदस्यहरू, बचतकर्ताहरू, कर्मचारीहरू तथा शुभेच्छुकहरूप्रति सहकारी परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
सहकार्य, विश्वास र समृद्धिसँगै आधुनिक प्रविधिको यात्रामा हाम्रो निरन्तर प्रतिबद्धता!
हार्दिक धन्यवाद तथा आभार!


Sixth Annual General Meeting of Unit No. 3 Successfully Concluded
The Sixth Annual General Meeting of Unit No. 3 of Shubha Savings and Credit Cooperative Society Ltd. was successfully held on Sunday, Kartik 15, 2083, at the Dahachaur Service Center.
The programme was chaired by Mr. Purna Bahadur Gharti, a member of the Dahachaur Service Center Management Subcommittee, and conducted by Mr. Krishna Prakash R.C., Former Treasurer of the Cooperative. The event was graced by Mr. Tulsi Prasad Sharma, Ward Chairperson of Ward No. 12, Gurbhakot Municipality, as the Chief Guest.
The programme was also attended by Mr. Devendra Shah, Coordinator of the Audit Supervision Committee, as the Special Guest; Mr. Kishor Sharma, Chairperson of the Cooperative; Mr. Maniram Sharma, Vice-Chairperson; Mr. Bhojendra Sharma, Member of the Audit Supervision Committee; Mr. Meghraj Sharma, Former Secretary; and Board of Directors candidates Mr. Sammar Bahadur Regmi, Mr. Ram Krishna Shrestha, and Ms. Muna Garanja. The event was further honoured by the presence of Mr. Liladhar Giri, Former Chairperson of the former Janahit Savings and Credit Cooperative Society Ltd. prior to the merger, and Ms. Bhima Chand, among other distinguished guests.
During the programme, Ms. Parbati Gurung was specially honoured in recognition of her generous contribution of land for the establishment of the Dahachaur Service Center. In addition, members who have continuously contributed to the growth and development of the cooperative were recognized and awarded. The award categories included share investors, monthly savers, regular loan service users, daily savers, child savers, and members who progressed from child savings accounts to share membership.
Various agendas presented during the Annual General Meeting were discussed in detail, and the necessary resolutions were unanimously approved by the participating members.
Shubha Savings and Credit Cooperative Society Ltd. extends its sincere gratitude to all distinguished guests, shareholders, savers, employees, well-wishers, and everyone who contributed directly or indirectly to making the programme a grand success.
Our continued commitment to cooperation, trust, prosperity, and technological advancement!
Heartfelt thanks and appreciation to everyone