गतिविधि विवरणActivity Details

Annual General Meeting Held Successfully
साधारण सभा तथा स्थापना दिवश Annual General Meeting and Foundation Day

वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न Annual General Meeting Held Successfully

२०८३ कात्तिक १५Nov 01, 2026 समाप्ति: २०८३ कात्तिक १५Ends: Nov 01, 2026 manju

t3.jpgt4.jpg

इकाइ नं. ४ को छैठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मालारानी सेवा केन्द्रअन्तर्गत इकाइ नं. ४ को छैठौँ वार्षिक साधारणसभा मिति २०८३ साल कार्तिक १५ गतेका दिन भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।

सहकारीका सदस्य श्रीमती माया गाहाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहकारीका सदस्य श्री वीर प्रसाद भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्री रामबहादुर शाही प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

त्यसैगरी, कार्यक्रममा कार्यपालिका सदस्य श्रीमती राधा ढकाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अतिथिहरूमा एकीकरणपूर्वको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री टोपनारायण गैरे, चेतना महिला कृषि सहकारी संस्थाका अध्यक्ष श्रीमती भोबीमाया सुनार, हरियाली कृषि बजार सहकारी संस्थाका अध्यक्ष श्री नन्दलाल भुषाल, लालीगुराँस सामुदायिक वनका अध्यक्ष श्री तुल्सी प्रसाद अर्याल, जनज्ञान भण्डार माध्यमिक विद्यालयका निमित्त सहायक श्री गम बहादुर राना, सहकारीको लेखा तथा सुपरिवेक्षण समिति संयोजक श्री देवेन्द्र शाह, अध्यक्ष श्री किशोर शर्मा, सचिव श्री मेघराज शर्मा तथा सञ्चालक पदका उम्मेदवार श्रीमती इन्द्रकुमारी भण्डारी र श्री दल बहादुर वली लगायत विभिन्न व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा सहकारीप्रति निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका शेयर लगानीकर्ता, मासिक बचतकर्ता, नियमित ऋण कारोबारकर्ता, दैनिक बचतकर्ता, बाल बचतकर्ता, युटिलिटी कारोबारकर्ता तथा बाल बचतबाट शेयर सदस्य बन्नुभएका सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

साधारणसभामा प्रस्तुत विभिन्न कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट आवश्यक निर्णयहरू पारित गरिएको थियो। साथै, सहकारीको आगामी योजना, हालसम्मको प्रगति, सदस्यहरूको हित तथा संस्थागत विकासका विविध विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रमलाई सफल, व्यवस्थित एवं भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेयर सदस्यज्यूहरू, बचतकर्ताहरू, कर्मचारीहरू तथा शुभेच्छुकहरूप्रति शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

सहकार्य, विश्वास र समृद्धिसँगै आधुनिक प्रविधिको यात्रामा हाम्रो निरन्तर प्रतिबद्धता!

 हार्दिक धन्यवाद तथा आभार!


t1.jpgt5.jpg

Sixth Annual General Meeting of Unit No. 4 Successfully Concluded

The Sixth Annual General Meeting of Unit No. 4 of Shubha Savings and Credit Cooperative Society Ltd., under the Malarani Service Center, was successfully conducted on Kartik 15, 2083 (November 1, 2026).

The programme was chaired by Ms. Maya Gaha, a member of the Cooperative, and facilitated by Mr. Bir Prasad Bhattarai, also a member of the Cooperative. The event was graced by Mr. Ram Bahadur Shahi, Ward Chairperson of Ward No. 1, Gurbhakot Municipality, as the Chief Guest.

The programme was also attended by Ms. Radha Dhakal, Executive Committee Member, as the Special Guest. Other distinguished guests included Mr. Top Narayan Gaire, Chairperson of the former Jansewa Savings and Credit Cooperative Society prior to the merger; Ms. Bhobimaya Sunar, Chairperson of Chetana Women's Agriculture Cooperative; Mr. Nanda Lal Bhusal, Chairperson of Hariyali Agricultural Market Cooperative; Mr. Tulsi Prasad Aryal, Chairperson of Laligurans Community Forest; Mr. Gam Bahadur Rana, Acting Assistant of Janagyan Bhandar Secondary School; Mr. Devendra Shah, Coordinator of the Audit and Supervision Committee; Mr. Kishor Sharma, Chairperson of the Cooperative; Mr. Meghraj Sharma, Secretary; and Board of Directors candidates Ms. Indrakumari Bhandari and Mr. Dal Bahadur Wali, among other distinguished personalities.

During the programme, members who have continuously contributed to the growth and development of the Cooperative were recognized and honoured. Awards and appreciation were presented to share investors, monthly savers, regular loan service users, daily savers, child savers, utility transaction users, and members who progressed from child savings accounts to share membership.

Various agendas presented during the Annual General Meeting were discussed in detail, and necessary resolutions were unanimously approved by the participating members. Discussions were also held on the Cooperative's future plans, progress, members' welfare, and institutional development.

Shubha Savings and Credit Cooperative Society Ltd. extends its heartfelt gratitude to all distinguished guests, shareholders, savers, employees, and well-wishers who contributed directly or indirectly to making the programme successful, organized, and memorable.

Our continued commitment to cooperation, trust, prosperity, and technological advancement!

Heartfelt thanks and appreciation to everyone!


साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices