गतिविधि विवरणActivity Details

Annual General Meeting Held Successfully
साधारण सभा तथा स्थापना दिवश Annual General Meeting and Foundation Day

वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न Annual General Meeting Held Successfully

२०८३ कात्तिक १४Oct 31, 2026 समाप्ति: २०८३ कात्तिक १४Ends: Oct 31, 2026 manju

a2.jpga3.jpg

छैठौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इकाइ नं. २ अन्तर्गत बोटेचौर तथा घुमखहरे सेवा केन्द्रको छैठौँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ।

सेवा केन्द्र उपसमिति संयोजक श्री शेर बहादुर कामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निवर्तमान सचिव श्री मेघराज शर्माले गर्नुभएको थियो। कार्यक्रममा गुर्भाकोट नगरपालिका वडा नं. १० का वडाध्यक्ष श्री थमान बहादुर खत्री तथा वडा नं. ९ का वडाध्यक्ष श्री ज्ञान बहादुर खत्री प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिका श्री देवेन्द्र शाह, निवर्तमान लेखा तथा सुपरिवेक्षण समिति संयोजक श्री गोविन्द प्रसाद पौडेल, श्री घनश्याम खत्री तथा श्री हर्क बहादुर डाँगी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा सहकारीका अध्यक्ष श्री किशोर शर्मा, उपाध्यक्ष श्री मनिराम शर्मा तथा सञ्चालक पदका उम्मेदवारहरू श्रीमती सृजना थापा, श्री रामकृष्ण श्रेष्ठ, श्रीमती इन्द्रकुमारी भण्डारी, श्री दल बहादुर वली लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा सहकारीप्रति निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका शेयर लगानीकर्ता, मासिक बचतकर्ता, नियमित ऋण कारोबारकर्ता, दैनिक बचतकर्ता, बाल बचतकर्ता, मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता तथा बाल बचतबाट शेयर सदस्य बन्नुभएका सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

साधारणसभामा प्रस्तुत विभिन्न कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट आवश्यक निर्णयहरू पारित गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेयर सदस्यहरू, बचतकर्ताहरू, कर्मचारीहरू तथा शुभेच्छुकहरूप्रति सहकारी परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

सहकार्य, विश्वास र समृद्धिसँगै आधुनिक प्रविधिको यात्रामा हाम्रो निरन्तर प्रतिबद्धता!

🙏 हार्दिक धन्यवाद तथा आभार


a5.jpga4.jpg

Sixth Annual General Meeting Successfully Concluded

The Sixth Annual General Meeting of Unit No. 2, covering the Botechaur and Ghumkhahare Service Centers of Shubha Savings and Credit Cooperative Society Ltd., was successfully held with active participation from members and distinguished guests.

The programme was chaired by Mr. Sher Bahadur Kami, Coordinator of the Service Center Subcommittee, and conducted by Mr. Meghraj Sharma, Former Secretary of the Cooperative. The event was graced by Mr. Thaman Bahadur Khatri, Ward Chairperson of Ward No. 10, and Mr. Gyan Bahadur Khatri, Ward Chairperson of Ward No. 9, Gurbhakot Municipality, as Chief Guests. Similarly, Mr. Devendra Shah, Member of the Audit and Supervision Committee; Mr. Govinda Prasad Paudel, Former Coordinator of the Audit and Supervision Committee; Mr. Ghanshyam Khatri; and Mr. Harka Bahadur Dangi attended the programme as distinguished guests.

The programme was also attended by Mr. Kishor Sharma, Chairperson of the Cooperative; Mr. Maniram Sharma, Vice-Chairperson; and candidates for the Board of Directors, including Ms. Srijana Thapa, Mr. Ram Krishna Shrestha, Ms. Indra Kumari Bhandari, and Mr. Dal Bahadur Wali, among other distinguished attendees.

During the programme, members who have continuously contributed to the growth and development of the cooperative were recognized and honoured. Awards and appreciation were presented to share investors, monthly savers, regular loan service users, daily savers, child savers, mobile banking service users, and members who progressed from child savings accounts to share membership.

Various agendas presented during the Annual General Meeting were discussed in detail, and the necessary resolutions were unanimously approved by the participating members.

Shubha Savings and Credit Cooperative Society Ltd. extends its sincere gratitude to all distinguished guests, shareholders, savers, employees, well-wishers, and everyone who contributed directly or indirectly to making the programme a success.

Our continued commitment to cooperation, trust, prosperity, and technological advancement!

Heartfelt thanks and appreciation to everyone!


साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices