धनसृजना बचत सदस्यहरूलाई नियमित रूपमा बचत गर्न प्रोत्साहन गर्दै १ देखि ५ बर्षको अवधिमा उल्लेखनीय रकम संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको विशेष बचत योजना हो। यस योजनाले सदस्यमा बचत गर्ने संस्कारको विकास गर्नुका साथै भविष्यका आर्थिक आवश्यकता, लगानी तथा विभिन्न जीवनोपयोगी योजनाहरू पूरा गर्न आवश्यक आर्थिक आधार तयार गर्न सहयोग पुर्याउँछ।
यस योजनाअन्तर्गत सदस्यले आफ्नो क्षमता र संस्थाको नीतिअनुसार नियमित रूपमा निश्चित रकम बचत गर्न सक्दछन्। बचत रकममा संस्थाले प्रचलित नीति अनुसार आकर्षक ब्याज प्रदान गर्दछ, जसले सदस्यको बचतलाई समयसँगै वृद्धि गर्न मद्दत गर्दछ।
धनसृजना बचतले १ बर्ष पछिको योजना पुरा गर्न, शिक्षा, घर निर्माण, व्यवसाय विस्तार, सवारी साधन खरिद, वैवाहिक खर्च, गरगहना, पर्ब मनाउने तथा अन्य दीर्घकालीन आर्थिक लक्ष्यहरू पूरा गर्न आवश्यक पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेल्दछ। यसका साथै, संस्थाको नीति अनुसार बचतको आधारमा सहज ऋण सुविधा प्राप्त गर्ने अवसर पनि पाइन्छ |
यस योजनाको मुख्य उद्देश्य सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि गर्नु, दीर्घकालीन पूँजी निर्माणलाई प्रोत्साहन गर्नु तथा नियमित बचतमार्फत आर्थिक आत्मनिर्भरता र वित्तीय सुरक्षालाई सुदृढ बनाउनु हो।
The Wealth Creation Savings Scheme is a special savings program designed to encourage members to save regularly and accumulate a substantial amount of savings over a period of one to five years. The scheme aims to foster a culture of saving among members while helping them build a strong financial foundation to meet future financial needs, investments, and various life goals.
Under this scheme, members can deposit a fixed amount on a regular basis according to their financial capacity and the cooperative's policies. The cooperative offers an attractive interest rate on the savings balance in accordance with its prevailing policies, enabling members' savings to grow steadily over time.
The Wealth Creation Savings Scheme plays an important role in helping members achieve financial goals after one year or more, including financing education, home construction, business expansion, vehicle purchases, marriage expenses, the purchase of gold and jewelry, festival celebrations, and other long-term financial objectives. In addition, members may also be eligible for convenient loan facilities based on their accumulated savings, subject to the cooperative's lending policies.
The primary objective of this scheme is to enhance members' financial capacity, encourage long-term capital formation, and strengthen financial self-reliance and security through regular savings.
उपलब्ध धनसृजना बचत योजनाहरू Available Wealth Creation Savings Plans
१ बर्षे दैनिक बचत 1 year dayly Saving
१ वर्षे दैनिक बचत योजना भनेको सदस्यहरूले हरेक दिन नियमित रूपमा बचत गरी १ वर्षको... The One-Year Daily Savings Plan is a special savings scheme that enables members...