विद्यार्थीसँग शुभ, सामाजिक उत्तरदायित्वमा शुभ
मिति २०८२/०७/२४ गते संस्थाको पाँचौँ एकीकरण दिवसको अवसरमा शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा गुर्भाकोट–६, वडाखोलिमा रहेको असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाका लागि स्थापित आवासीय छात्रावासमा बसोबास गर्ने विद्यार्थी भाइबहिनीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।
वितरण गरिएका सामग्रीहरू छात्रावासका तर्फबाट शिक्षिका श्रीमती रिता कुमारी के.सी.लाई हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष श्री कृष्ण प्रकाश आर.सी.ले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष श्री मनिराम शर्माले गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य तथा बाल तथा युवा परिचालन उपसमिति संयोजक श्री सम्मरबहादुर रेग्मी, बाल तथा युवा परिचालन उपसमिति सदस्य श्री हेमन्त डाँगी लगायतको उपस्थिति रहेको थियो।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो।
शुभ साकोस परिवार


Shubha with Students, Shubha in Social Responsibility
On 2082/07/24, on the occasion of the Fifth Unification Anniversary of Shubha Savings and Credit Cooperative Ltd., stationery materials were distributed to the students residing at a residential hostel established for orphaned, vulnerable, and at-risk children in Badakholi, Gurbhakot–6.
The stationery materials were handed over to Ms. Rita Kumari K.C., a teacher representing the hostel and its students.
The program was conducted by the Treasurer of the institution, Mr. Krishna Prakash R.C., and chaired by the Vice-Chairperson, Mr. Maniram Sharma.
The event was attended by Management Committee Member and Coordinator of the Child and Youth Mobilization Sub-committee, Mr. Sammar Bahadur Regmi, Child and Youth Mobilization Sub-committee Member Mr. Hemanta Dangi, and other representatives of the institution.
The program was organized as part of the institution’s social responsibility initiatives, with the objective of supporting education and encouraging the academic development of children in need.
Shubha SACCOS Family

