बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८२/०२/१६ गते शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत मालारानीस्थित जन ज्ञान भण्डार माध्यमिक विद्यालय, कोटखोलामा बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष श्री देवेन्द्र शाहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य शिक्षा उपसमिति सदस्य श्री भोजेन्द्र शर्माले राख्नुभएको थियो भने संस्थाको परिचय व्यवस्थापक श्री गणेश कुमार चन्दले गराउनुभएको थियो। कार्यक्रम सञ्चालन बजार प्रवर्द्धन शाखा प्रमुख श्रीमती मञ्जु पुनले गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यले भेरी आवास प्रा.लि.का सञ्चालक श्री घनश्याम ओलीले प्रेरणादायी मन्तव्य दिनुभएको थियो। त्यसैगरी मालारानी स्वास्थ्य चौकीकी सिनियर ए.एन.एम. श्रीमती शोभा पुनले बालविवाह तथा लागूऔषधको स्वास्थ्यमा पर्ने असरबारे जानकारी गराउनुभएको थियो। साथै मालारानी प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार श्री नारायण खत्रीले यससम्बन्धी कानुनी परामर्श तथा सचेतनामूलक जानकारी प्रदान गर्नुभएको थियो।
प्रतिनिधि शिक्षक श्रीमती चन्द्रमा थापाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जन ज्ञान भण्डार माध्यमिक विद्यालयमा अध्ययनरत ४९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा बालविवाह तथा लागूऔषध दुर्व्यसनका नकारात्मक प्रभावबारे सचेतना अभिवृद्धि गर्नुका साथै जिम्मेवार र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको विश्वास गरिएको छ।
शुभ साकोस परिवार

Awareness Program on Child Marriage and Drug Abuse Conducted
On 2082/02/16, Shubha Savings and Credit Cooperative Ltd. organized an awareness program on child marriage prevention and drug abuse control as part of its social responsibility initiatives at Jan Gyan Bhandar Secondary School, Kotkhola, Malarani.
The program was chaired by the Chairperson of the institution, Mr. Devendra Shah. The welcome speech was delivered by Mr. Bhojendra Sharma, a member of the Education Sub-committee. An introduction to the institution was presented by the Manager, Mr. Ganesh Kumar Chand, while the program was conducted by Ms. Manju Pun, Head of the Market Promotion Branch.
During the program, Mr. Ghanshyam Oli, operator of Bheri Aawash Pvt. Ltd., delivered a motivational session to inspire the students. Ms. Shobha Pun, Sr. ANM at Malarani Health Post, shared information regarding the health impacts of child marriage and drug abuse. Likewise, Mr. Narayan Khatri, Police Havaldar and In-charge of Malarani Police Post, provided legal counseling and awareness on the related laws and regulations.
The program was conducted in the presence of representative teacher Ms. Chandrama Thapa and was attended by 49 students of Jan Gyan Bhandar Secondary School.
The awareness program aimed to educate students about the social, health, and legal consequences of child marriage and drug abuse, encouraging them to make informed and responsible decisions for their future.
Shubha SACCOS Family




