सहकारी शिक्षा कार्यक्रम सम्पन्न
मिति २०८२/१०/०८ गते शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत दहचौर सेवा केन्द्रको राईकेमा ऋण उपसमिति सदस्य श्रीमती पूर्ण कुमारी पोख्रेलको संयोजकत्वमा मिलिजुली आमा समूहसँग सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो।
त्यसैगरी, मिति २०८२/१०/०९ गते गुर्भाकोट–६, बडाखोलीस्थित युनाइटेड पब्लिक स्कुलमा युवा तथा बालबालिका परिचालन उपसमिति सदस्य श्री हेमन्त डी.सी. को संयोजकत्वमा अर्को सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त दुवै कार्यक्रममा संस्थाका सञ्चालक समितिका कोषाध्यक्ष श्री कृष्ण प्रकाश आर.सी. तथा संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमहरूमा सहकारी शिक्षा, वित्तीय साक्षरता तथा समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा जानकारी तथा छलफल गरिएको थियो।
शुभ साकोस परिवार


Cooperative Education Programs Conducted
On 2082/10/08, a Cooperative Education Program was conducted under Shubha Savings and Credit Cooperative Ltd. at Raike of Dahachaur Service Center. The program was organized under the coordination of Loan Sub-committee member Ms. Purna Kumari Pokhrel with the Milijuli Aama Samuha.
Similarly, on 2082/10/09, another Cooperative Education Program was conducted at United Public School, Badakholi, Gurbhakot–6, under the coordination of Youth and Child Mobilization Sub-committee member Mr. Hemanta D.C.
The programs were attended by Mr. Krishna Prakash R.C., Treasurer of the institution’s Management Committee, along with the staff members of the institution.
The sessions focused on cooperative education, awareness, and strengthening engagement with community members and students.
Shubha SACCOS Family
