ऐच्छिक बचत योजना भनेको सदस्यले आफ्नो आर्थिक क्षमता, आवश्यकता र लक्ष्यअनुसार स्वेच्छाले रकम जम्मा गर्न सक्ने बचत योजना हो। यस योजनामा निश्चित मासिक रकम बचत गर्नुपर्ने अनिवार्यता हुँदैन। सदस्यले आफूलाई अनुकूल हुने समयमा र इच्छाअनुसार रकम जम्मा गर्न तथा संस्थाको नियमअनुसार आवश्यक पर्दा झिक्न सक्ने सुविधा प्राप्त गर्दछ।
यो बचत योजनाले सदस्यमा नियमित बचत गर्ने बानीको विकास गर्नुका साथै भविष्यका आकस्मिक आवश्यकता, शिक्षा, स्वास्थ्य, घर निर्माण, व्यवसाय विस्तार तथा अन्य आर्थिक उद्देश्य पूरा गर्न सहयोग पुर्याउँछ। यस बचतमा संस्थाले तोकेको प्रचलित ब्याजदर अनुसार आकर्षक ब्याज प्रदान गर्दछ।
An Optional Savings Plan is a flexible savings scheme that allows members to save money voluntarily according to their financial capacity and personal goals. There is no obligation to deposit a fixed amount every month. Members can deposit and withdraw funds as per the cooperative's rules and regulations while earning interest at the prevailing rate.