गतिविधि विवरणActivity Details

Shubha with Students" Program Successfully -  On Chaitra 20, 2081 B.S.
बिद्यार्थीसंग शुभ Shubha with Students

विद्यार्थीसँग शुभ कार्यक्रम सफलतापूर्वक सम्पन्न - मिति २०८१/१२/२० गते Shubha with Students" Program Successfully - On Chaitra 20, 2081 B.S.

२०८३ असार १९Jul 03, 2026 Shubha Admin

शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुर्भाकोट नगरपालिका–१२, ज्यामिरे, सुर्खेत मा "विद्यार्थीसँग शुभ" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  कार्यक्रम संस्थाका अध्यक्ष किशोर शर्माको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक युबराज चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका शिक्षकहरू लालसरी एल.जी., चन्द्रा चपाई तथा प्रेम बहादुर थापाको गरिमामय उपस्थिति रहेको थियो। साथै कक्षा ९ र १० का गरी ४९ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।  कार्यक्रममा संस्थाका अध्यक्ष किशोर शर्मा र व्यवस्थापक गणेश कुमार चन्दले सहकारीको अवधारणा, बचतको महत्व, वित्तीय अनुशासन, उद्यमशीलता तथा विद्यार्थी जीवनमै वित्तीय साक्षरताको आवश्यकता सम्बन्धी प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिका क्रममा विद्यार्थीहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए।  यस कार्यक्रमले विद्यार्थीहरूमा बचत गर्ने बानीको विकास, आर्थिक अनुशासन तथा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास संस्थाले लिएको छ।  कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने विद्यालयका प्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षकवृन्द तथा उत्साहपूर्वक सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरू प्रति शुभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि यस्ता ज्ञानमूलक तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।


Shubha Savings and Credit Cooperative Ltd. successfully organized the "Shubha with Students" program at Nepal National Secondary School, Gurbhakot Municipality–12, Jyamire, Surkhet.

The program was chaired by Mr. Kishor Sharma, Chairperson of the Cooperative, and honored by the presence of Mr. Yubaraj Chapai, Principal of the school, as the Chief Guest. Distinguished teachers Ms. Lalsari L.G., Ms. Chandra Chapai, and Mr. Prem Bahadur Thapa were also present. A total of 49 students from Grades 9 and 10 participated enthusiastically in the program.

During the session, Mr. Kishor Sharma, Chairperson, and Mr. Ganesh Kumar Chand, Manager of the Cooperative, delivered informative and motivational presentations on the concept of cooperatives, the importance of saving, financial discipline, entrepreneurship, and the need for financial literacy from an early stage of student life. The students actively participated by asking questions and engaging in the discussions.

The Cooperative believes that this program will play a significant role in fostering a saving habit, promoting financial discipline, and enhancing financial awareness among students.

Shubha Savings and Credit Cooperative Ltd. extends its sincere gratitude to the Principal, all the teachers, and the students for their valuable support and enthusiastic participation, which contributed to the successful completion of the program. The Cooperative also expresses its commitment to continuing such educational and financial literacy programs in the future.

1.jpegee.jpegf97af338-ba90-49d8-a4ba-f4719bdaa454.jpeg

साझा गर्नुहोस्: Share:
सूचनाहरू Notices