६९ औं राष्ट्रिय सहकारी दिवस २०८२
२०८२ सालको ६९ औं राष्ट्रिय सहकारी दिवस को अवसरमा संस्थाको मुख्य कार्यालय मेहेलकुनामा महिला उपसमितिको आयोजनामा कृषि विकास निर्देशनालयबाट प्राप्त हुने व्याज अनुदान कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रम महिला उपसमितिकी संयोजक माया गाहाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा संस्थाका अध्यक्ष किशोर शर्माको उपस्थिति रहेको थियो । त्यसैगरी अतिथिहरूमा सञ्चालक समिति उपाध्यक्ष मनिराम शर्मा, सदस्य शेर बहादुर कामी, लेखा सुपरिवेक्षण समिति सदस्य अनिता पौडेल लगायत उपसमिति सदस्य, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जम्मा २७ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बारेमा संस्थाका अध्यक्षले व्याज अनुदान कार्यक्रमको उद्देश्य, महत्व तथा यसबाट प्राप्त हुने लाभका विषयमा सहभागीहरूलाई स्पष्ट जानकारी गराउनु भएको थियो । कार्यक्रम सहभागीहरूको सक्रिय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको थियो ।



On the occasion of the 69th National Cooperative Day 2082, an Interest Subsidy Program received from the Directorate of Agricultural Development was successfully conducted at the institution’s head office in Mehelkuna under the coordination of the Women’s Sub-committee.
The program was chaired by Ms. Maya Gaha, Coordinator of the Women’s Sub-committee, while the Chairperson of the institution, Mr. Kishor Sharma, attended as the Chief Guest. Other distinguished guests included Mr. Maniram Sharma, Vice-Chairperson of the Management Committee; Mr. Sher Bahadur Kami, Member of the Management Committee; and Ms. Anita Poudel, Member of the Audit and Supervision Committee. Sub-committee members, shareholders, and staff members were also present at the event.
A total of 27 participants attended the program. During the program, the Chairperson of the institution provided detailed information about the interest subsidy program and clearly explained its objectives, benefits, and importance to all participants. The program was successfully completed with active participation and positive engagement from the attendees.



